एभरेष्ट मन्टेश्वरीमा साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयको मन्टेश्वरीस्तरीय साँस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

साँस्कृतिक कार्यक्रममा आइतबार कक्षा नर्सरीदेखि यूकेजीसम्मका र सोमबार कक्षा १ का बालबालिकाले सहभागिता जनाएको स्कूलले जनाएको छ ।

कार्यक्रम अन्तर्गत बालबालिकाले विभिन्न जातिका सँस्कृति झल्कने पोशाक लगाएर नृत्य, गायन, नाटक, फेसन–शोलगायतका प्रस्तुति देखाएका थिए । आफ्ना छोराछोरीले देखाएको प्रतिभा हेरेर अभिभावकहरु पनि रोमाञ्चित बनेका थिए । बालबालिकासँगै विद्यालयले अभिभावकलाई पनि विभिन्न प्रतिष्पर्धात्मक खेलमा सहभागी गराएको थियो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप इञ्चार्ज राजन भट्टराईका अनुसार अभिभावकहरुलाई म्यूजिकल चियर र धागो कात्ने प्रतिष्पर्धा गराइएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम पुरीले शिक्षालाई शीप, संस्कार प्रविधिसँग जोड्नेगरी एभरेष्ट सक्रियय रहेको बताउनुभयो । विद्यालयले आयोजना गर्ने यस्ता क्रियाकलापले पनि शीप, सँस्कृति र प्रविधिलाई जोड्न सघाउ पुग्ने उहाँको भनाइ थियो ।

सोमबार, १९ फागुन, २०७६, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर