फ्लोरल डेकोरेशन एण्ड डिजाइन तालिम

विराटनगर । विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड उच्च माविमा होटल मेनेजमेन्ट संकायका विद्यार्थीहरुले प्mलोरल डेकोरेशन एण्ड डिजाइन सम्बन्धि एक दिने तालिम लिएका छन् ।

आत्मनिर्भर बन्नका लागि प्रयोगात्मक कक्षामा शिपमुलक आकर्षक दर्जनौं फुलका बुकी विद्यार्थीहरुले बनाएका थिए ।

विभिन्न रंगका गोदावरी, गेडुलस, रजनिगन्धा, एरिकापाम, साइकस, मेरिगोल्ड, द्यानथस र रोज जातका फुलहरुको प्रयोग गरि आकर्षक र उत्कृष्ट बुकीहरु विद्यार्थीले बनाएको उच्च माविले जनाएको छ । यस्ता प्रयोगात्मक कक्षाबाट आपूmहरुले शीप बृद्धिका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने कक्षा ११ का विद्यार्थी सन्देश मगरले बताउनुभयो ।

यस्ता कार्यक्रमले व्यवसाय सजावटका क्षेत्रमा विद्यार्थीहरु प्रतिष्पर्धी बन्ने विश्वास विषय शिक्षिका अर्चना देवले व्यक्त गर्नुभएको छ । विद्यर्थीको दक्षता विकासमा उच्च मावि निरन्तर लागिरहने निर्देशक दिनेश दाहालले बताउनुभएको छ ।

आइतबार, १८ फागुन, २०७६, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर