उर्लाबारी । पूर्वी मोरङको उर्लाबारीस्थित विद्याज्योति बोर्डिङ स्कूलले गुणस्तरीय एवं व्यवहारिक शिक्षामा जोड दिएको दावी गरेको छ ।
उर्लाबारी–३ मा २०५३ सालमा स्थापना भएको विद्यालयले शुक्रबार २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सो दावी गरेको छ ।
कार्यक्रममा प्याब्सन मोरङका जिल्ला अध्यक्षमा अर्जुन बस्नेतले गुणस्तरीय र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । प्रतिष्पर्धी विश्व खुला बजारमा बिक्नसक्ने गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उहाँको भनाइ छ ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, सदस्य भीष्म बुढाथोकी, सामाजिक अभियन्ता रुद्र तामाङलगायतको उपस्थिति रहेको थियो । अभिभावक र विद्यार्थीहरुको मन जितेर गुणस्तरीय एवं व्यवहारिक शिक्षा दिएकै कारण विद्यार्थी तथा अभिभावकको मन जित्न सफल भनेको विद्यालयका प्राचार्य डिबी थापाले बताउनुभयो ।
नर्सरीदेखि कक्षा ११ सम्म अध्ययन हुँदै आएको विद्यालयमा ४ सय ५४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयले पढाईको अलवा बिद्यार्थीहरुका लागि नृत्य, गायन, खेलकुदजस्ता अतिरिक्त कार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
विद्याज्योतिले कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, मन्टेश्वरी कक्षा, विद्यालय परामर्श सेवा, अतिरिक्ता क्रियाकलाप, शैक्षिक भ्रमण, हाईकिङ, विद्यार्थी परामर्श सेवा, स्वास्थ्य डेक्स तथा जीवन शीप कक्षाहरु सञ्चालन गर्दै आएको छ ।