बुढासुब्बा गोल्डकप प्रतियोगिता

बेलबारीलाई हराउँदै मनाङ सेमिफाइनलमा

धरान । सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा बेलबारी फुटबल क्लबलाई ४–० को अन्तरले पाखा लगाउँदै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको सोमबार भएको क्वार्टरफाइनल खेलमा बेलबारीमाथि शानदार जित निकाल्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङलाई जिताउन दयानन्दले २ गोल गरे भने निशान लिम्बू र विमल रानाले समान १÷१ गोल गरेका थिए । मनाङले खेलको २३ औं मिनेटमा निशान लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलमा दुई गोल गरेका दयानन्द म्यान अफ दि म्याच घोषित भए ।

मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक अनिल गुरुङले बुढासुब्बा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबले सताक्षी गोल्डकप खेलेर निकै लामो समय रेष्ट गरेका कारण राम्रो खेल खेल्न सफल भयो । सताक्षीमा हार ब्यहोरेपनि बुढासुब्बा गोल्डकप जित्ने लक्ष्य रहेको छ । बेलबारी फुटबल क्लब मोरङका प्रशिक्षक सुनिल पोख्रेलले बेलबारीका खेलाडीहरु शारिरीक हिसाबले साना भएको र खेल अनुभव पनि कम भएकोले हार बेहोर्नुपरेको बताउनुभयो ।

यस अघि यूके एफसी भारत र विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फूटबल क्लबलाई हराउँदै युके एफसी अन्तिम चारमा प्रवेश गरेको थियो । अब मनाङले सेमिफाइनलमा यूकेएफसीसँग खेल्नेछ ।
प्रतियोगिताको दोस्रो खेलमा पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको अन्तिम क्वाटरफाईनल खेल मंगलबार मछिन्द्र क्लब काठमाडौं र सन्ध्या फुटबल क्लब कोलकत्ता भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दुई विदेशी क्लबसहितका टिम सहभागी छन् ।

सोमबार, १२ फागुन, २०७६, रातीको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर