विराटनगर । १ नं. प्रदेशस्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सोलुखुम्बु र झापाबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । पाँच सेटबाट खेलको छिनोफानो भएको थियो । सोलुखुम्बुले झापालाई २५–२०, २३–२५, २४–२६, २५–२२, १५–११ सेटले पराजित गरि सोलुखुम्बु फाइनलमा प्रवेश गरेको हो ।
सोही दिन भएको प्रतियोगिताको दोस्रो खेलमा सुनसरीले भोजपुरलाई २५–१६, २५–१९, २५–१६ को सोझो सेटले पराजित गरि सुनसरी फाइनलमा प्रवेश गरेको मदन भण्डारी स्पोटर््स एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । फाइनलमा खोलुखुम्बु र सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, द्वितीयलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ । प्रतियोगिताको फाइनलको प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विजेता खेलाडीहरूलाई ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने बताइएको छ ।