विराटनगर / सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा जारी १ नं. प्रदेशस्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा चार टिम विजयी भइ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा बिहीबार भएको प्रतियोगितामा झापा, सोलुखुम्बु, सुनसरी र भोजपुर सेमिफाइनलमा प्रवेश गरेको हुन् ।
प्रतियोगिताको बिहीबार भएको क्वाटरफाइनल खेलमा झापाले संखुवासभालाई १२–२५, २५–१९, १९–२५, २५–२३ सेटले पराजित गरि झापा सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै सोही दिन भएको दोस्रो खेलमा सोलुखुम्बुले खोटाङ्गलाई २०–२७, २२–२५, २५–१५, २६–२४ को सेटले हरायो ।
स्रो खेलमा सुनसरीले धनकुटालाई २५–८, २५–१०, २५– १८ को सोझो सेटले पराजित ग¥यो । चौथो खेलमा भोजपुरले ओखलढुङगालाई २५–१४, १६–२५, २५–२३, २५–२३ को सेटले हरायो । प्रतियोगिताको शुक्रबारको पहिलो समिफाइनल खेल झापा र सोलुखुम्बु, सोही दिन हुने दोस्रो खेलमा सुनसरी र भोजपुर बिच प्रतिस्पर्धा हुने मदन भण्डारी स्पोटर््स एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार, द्वितीयलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ ।