जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

विराटनगर, १ फागुन÷ विराटनगर–८ मधुमाराकी शारदा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचारको लागि अक्षयकोष खडा गरिदिनुभएको छ ।

आफ्नो ४५ औं जन्मदिनको अवसरमा बिहीबार ५० हजार १ सय ५ रूपैयाँको अक्षयकोष खडा गरिदिएको भण्डारीले बताउनुभयो ।

जेष्ठ नागरिकहरु विरामी भएको बेला उपचार र औषधी खान आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषको स्थापना गरिएको उहाँले बताउनुभयो । जन्मदिनमा तामजामको साथ पार्टी गरि फजुल खर्च गर्ने प्रचलन तोडेर वृद्धाश्रममा सहयोग गरेको उहाँको भनाइ छ । अक्षयकोषको रकम विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र उनका श्रीमान एञ्जन कार्कीले हस्तान्तरण गर्नुभयो ।

वृद्धाहरूको औषधी उपचारका लागि स्थपना गरिएको अक्षयकोषको रकम आगमी दिनमा थप वृद्धि गर्दै लैजाने भण्डारीले बताउनुभएको छ । सासु तुलसा देवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षयकोष स्थापना गरिएको उहाँको भनाइ छ । वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन् ।

सोमबार, ०५ फागुन, २०७६, बिहानको ०४:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर