लोड हुँदैछ...

मेनु

रास्वपा महाधिवेशनस् प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने, सभापतिलाई ५१ हजार शुल्क

रास्वपा महाधिवेशनस् प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने, सभापतिलाई ५१ हजार शुल्क

विराटनगर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने प्रतिनिधिहरू आफैँ उम्मेदवार बन्न नपाउने भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जानकारी दिएको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचना अनुसार प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्नेछ ।

आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक चाहिने व्यवस्था गरेको छ । एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न पाइँदैन, तर समर्थक बस्न भने रोक लगाइएको छैन । प्रस्तावक र समर्थक हुने व्यक्ति अनिवार्य रूपमा पार्टीको महाधिवेशन प्रतिनिधि भएकै हुनुपर्दछ ।

निर्वाचन आयोगको नियमविपरीत उम्मेदवारी मनोनयन फारम दाखिला हुन आएमा त्यस्तो उम्मेदवारी स्वतः अमान्य ठहर हुने आयोगले स्पष्ट पारेको छ । उम्मेदवारीका लागि शुल्क पनि निर्धारण गरिएको छ, जसअनुसार केन्द्रीय सभापतिका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ बुझाउनुपर्नेछ । महाधिवेशनको बन्दसत्र भने अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।