विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरको प्रथम जिल्ला अधिवेशनले प्रकाश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। गुरुङ यसअघि पनि पार्टीको जिल्ला नेतृत्वमा रहेका थिए।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन भएका छन्।
यस्तै सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती रहेका छन्।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहानलाई चयन गरेको छ। प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित भएका छन्।
नवनिर्वाचित सहसचिव कविहाङ सेलिङका अनुसार पार्टीले विभिन्न क्षेत्रलाई समेट्दै ३२ वटा विभागसमेत गठन गरेको छ।
अधिवेशन उद्घाटन कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ता तथा स्वतन्त्र व्यक्तिहरू रास्वपामा प्रवेश गरेको पार्टीले जनाएको छ।
प्रथम अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भएसँगै रास्वपाले पाँचथरमा संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।