लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसपटकको नीति तथा कार्यक्रममा सरकारले केही नयाँ र जनमुखी योजनाहरूलाई विशेष प्राथमिकता दिएको छ। विशेषगरी, लागूऔषध प्रयोगकर्ताहरूका लागि सरकारी स्तरबाटै सुधार केन्द्र ९पुनस्र्थापना केन्द्र० स्थापना गर्ने योजनालाई यसपटक प्राथमिकतामा राखिएको छ।

हाल निजी क्षेत्रबाट मात्र यस्ता सुधार केन्द्रहरू सञ्चालन भइरहेको अवस्थामा सरकारले प्रदेशका दुई स्थानमा सरकारी स्तरका सुधार केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार, विगतमा कोभिड–१९ को समयमा निर्माण गरिएका क्वारेन्टाइन स्थलहरूलाई नै सुधार केन्द्रको रूपमा प्रयोगमा ल्याइनेछ।

त्यसैगरी, कोशी प्रदेश सरकारले पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइ नियन्त्रणलाई अर्को मुख्य एजेन्डा बनाएको छ। पहाडबाट हुने पलायन रोक्न र मानिसहरूलाई आफ्नै थातथलोमा बस्न प्रोत्साहन गर्ने उद्देश्यले पहाड केन्द्रित पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाका विशेष कार्यक्रमहरू ल्याइने भएको छ।

पहाडी क्षेत्रको आर्थिक गतिविधि बढाउन औद्योगिकीकरणमा ध्यान दिने सरकारको लक्ष्य रहेको मन्त्री पराजुलीले जानकारी दिए। बसाइँसराइ रोक्नका लागि पहाडमै सेवा–सुविधा र अवसरहरूको सुनिश्चितता गर्ने गरी नीति तथा कार्यक्रम तयार पारिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।