विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका दुई सदस्य पदमा नियुक्ति गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार भीमबहादुर फुदुङ लिम्बु र रुपा थापालाई आयोगको सदस्यमा नियुक्त गरिएको हो।
नवनियुक्त सदस्यहरूमध्ये भीमबहादुर नेकपा निकट हुन् भने रुपा थापा नेपाली कांग्रेस निकट हुन्। कोशी प्रदेशमा हाल नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार रहेको छ। यद्यपि, आगामी राजनीतिक सहकार्य र सहमतिलाई मध्यनजर गर्दै नेकपालाई पनि आयोगमा भागबण्डा दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
एमालेका एक नेताका अनुसार, आगामी दिनमापनि पनि प्रदेश सरकारमा सहभागी हुने सम्भावना रहेकाले सत्ता सहकार्यका लागि कोशीबाट एक जना सदस्य दिइएको हो।
प्रदेश लोकसेवा आयोग ऐन अनुसार मुख्यमन्त्रीको अध्यक्षतामा रहने तीन सदस्यीय सिफारिस समितिले आयोगका पदाधिकारी सिफारीस गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यमन्त्री हिकमतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर आङबो सदस्य रहेका छन् ।
सोहि सिफारीसका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि बिहान ८ : ३० बजेका लागि तय गरीएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।