लोड हुँदैछ...

मेनु

भन्सार छलेर ल्याइएको कपडा बरामद

भन्सार छलेर ल्याइएको कपडा बरामद

विर्तामोड । झापाको मेचीनगर क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएका लेडिज आईटमका कपडा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर अगाडि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी ८१ हजार ६ सय रुपैयाँ बराबरको लेडिज कपडा फेला पारी नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ । त्यस्तै, मंगलबार राति नै मेचीनगर नगरपालिका–४ प्रसाद गौडाँगी क्षेत्रमा प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी नायब निरीक्षक दिपिन थापाको कमाण्डमा खटिएको टोलीले अन्दाजी १ लाख ८० हजार रुपैयाँ बराबरको थप लेडिज कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।