झापा । झापाको मेचीनगर नगरपालिका–६ प्लटिङस्थित एक घरमा बुधबार दिउँसो लाखौँको धनमाल चोरी भएको छ। स्थानीय रुद्र बुढाथोकीको घरबाट नगद तथा सुनका गरगहना गरी करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
प्रहरीका अनुसार, घरमा कोही नभएको समयमा चोरी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। चोरी भएका सामानहरूमा नगद र विभिन्न सुनका गहनाहरू रहेका छन्।
घटनालगत्तै खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको र फरार व्यक्तिको पहिचानका लागि विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिएको छ। पछिल्लो समय दिउँसै चोरीका घटना हुन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।