लोड हुँदैछ...

मेनु

नेप्सेमा ३४ अंकको गिरावट, ४ अर्ब २६ करोडको कारोबार

नेप्सेमा ३४ अंकको गिरावट, ४ अर्ब २६ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज गिरावट आएको छ । नेप्से परिसूचक ३४ दशमलव ६३ अंकले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा एक दशमलव २६ प्रतिशतको गिरावट हो ।

बजारमा आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर कुल ६८ हजार ६३५ पटक खरिद बिक्री भएको छ । यस माध्यमबाट रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा लघुवित्त समूहको उपसूचक मात्र सामान्य अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । बजार ओरालो लाग्दा उत्पादन तथा प्रशोधन र जलविद्युत् समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ ।

नेप्सेका अनुसार उत्पादन तथा प्रशोधन समूह २ दशमलव ५४ प्रतिशत र जलविद्युत् समूह २ दशमलव २३ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक २ दशमलव १४ प्रतिशत, व्यापार १ दशमलव ३८ प्रतिशत, लगानी १ दशमलव ३६ प्रतिशत र होटल तथा पर्यटन समूह १ दशमलव ३५ प्रतिशतले घटेका छन् ।

अन्य समूहहरूमा वित्त शून्य दशमलव ९६, निर्जीवन बीमा शून्य दशमलव ९३, बैंकिङ शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव ६२, अन्य समूह शून्य दशमलव ५० र जीवन बीमा समूह शून्य दशमलव ४९ प्रतिशतले घटेको छ ।

शेयर बजारमा आएको यो गिरावटसँगै कारोबार रकममा पनि केही संकुचन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।