काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा भइरहेको अस्वभाविक मूल्यवृद्धिको सांकेतिक विरोध जनाएकि छिन् । आइतबार बजारमा केरा किन्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उहाँले मूल्यवृद्धिको अवस्था देखेर आफू अचम्ममा परेको बताएकि हुन् ।
सांसद तामाङले नेपालमै उत्पादन हुने फलफूलको मूल्य समेत आकाशिएकोमा प्रश्न उठाएकि छिन् । ‘केरा नै केरा फल्ने देशमा एक दर्जनको ३५० रुपैयाँ,’ उनले भनिन, ‘जताततै बारीभरि केरा नै केरा फलिरहेको देख्छु, तर पनि बजारमा यति महँगो छ भनेर आजै थाहा भयो ।’
अहिले अन्तर्राष्ट्रिय स्तरमा खाडी (खाण्ड) क्षेत्रमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा समस्या देखिएको छ । त्यसको प्रत्यक्ष प्रभावका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य ह्वात्तै बढेको छ । इन्धनको मूल्य र ढुवानी खर्चमा भएको वृद्धिले सर्वसाधारणको भान्छा निकै महँगो भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।