काठमाडौँ ।नेपाली कांग्रेसले आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका अनुसार, निर्वाचनको अन्तिम तयारी, देशव्यापी चुनावी अभियान र समसामयिक राजनीतिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
पत्रकार सम्मेलन आज दिउँसो ४ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने तय भएको छ ।
यही बिहीबार ९तदनुसार।।।० हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगको आचारसंहिता अनुसार मौन अवधि सुरु हुनुभन्दा केही घण्टा अघि कांग्रेसले आफ्ना सम्पूर्ण तयारीबारे सञ्चारमाध्यममार्फत आम जनतालाई जानकारी गराउन लागेको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू तथा प्रचारप्रसार समितिका पदाधिकारीहरूको उपस्थिति रहने र उनीहरूले निर्वाचन केन्द्रित अन्तिम अपिल समेत गर्ने बुझिएको छ ।
निर्वाचनको मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन । त्यसैले राजनीतिक दलहरूले आज दिनभरलाई चुनावी प्रचारको अन्तिम कसरतका रूपमा प्रयोग गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।