विराटनगर । मोरङको सुन्दरहरैँचा–९ विराटचोकमा अवस्थित नेपालीरिका होटल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।
होटलले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ कायम गर्दै कुल ५० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।
यसअनुसार ५० करोड रुपैयाँ बराबरको आईपीओ बजारमा ल्याइनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतापत्रमा नेपालीरिका होटल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बवजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
होटलले पर्यटन तथा आतिथ्य क्षेत्रमा आफ्नो सेवा विस्तारका लागि पूँजी संकलन गर्ने उद्देश्यले आईपीओ जारी गर्न लागेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।