काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
मन्त्री खरेलले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीको चुनावी अभियानमा पूर्ण रूपमा केन्द्रित हुनुपर्ने भएकाले उनले नैतिकताका आधारमा पद त्यागेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खरेल आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिने भएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।