लोड हुँदैछ...

मेनु

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएका छन्।

मोरङको विराटचोकमा सम्पन्न अधिवेशनमा आफ्ना तीन प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै राई प्रदेश नेतृत्वमा चुनिएका हुन्।

निर्वाचन समितिको अन्तिम मतपरिणाम अनुसार, सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये चन्द्र राईले २८० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन)ले १४१ मत प्राप्त गरिन्।

यस्तै, अन्य उम्मेदवारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन्। खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।