लोड हुँदैछ...

मेनु

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दुर्घटनामा परेर घाइते भएका कम्तीमा १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। केही घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ भने अन्यको उद्धार तथा उपचार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। घटनास्थलमा थप उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या परिवर्तन हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।