लोड हुँदैछ...

मेनु

उद्योग व्यवसायबीचको सहकार्य ‘कोशी कनेक्ट’ मिशन

उद्योग व्यवसायबीचको सहकार्य ‘कोशी कनेक्ट’ मिशन

विराटनगर । कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप बलियो बनाउन उद्योग संगठन मोरङले माघ २ गते देखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन चलाउने भएको छ ।

औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह उद्देश्यका साथ कोशी कनेक्ट व्यावसायिक मिशन सुरु गर्न लागिएको हो । मिशन अन्तर्गत संगठनको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गरी स्थानीय उद्योग÷व्यवसाय, लगानीका अवसरहरू र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गर्ने संगठनले जनाएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, विरेन्द्र राठी, दिपक अग्रवाल, सन्तोष भगत, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, साबित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागरराज ढुंगाना र संगठनका महानिर्देशक चुडामणि भट्टराईलाई समावेश गरेर प्रतिनिधि मण्डल बनाइएको छ ।

व्यावसायिक मिशनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पु¥याउने विश्वास लिएको संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वताए । उनले निजी क्षेत्रको अग्रणी संस्था उद्योग संगठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा अघि बढाई व्यवसाय व्यवसाय बीच सम्बन्ध विस्तार, ज्ञान र विचार आदानप्रदानतथा आर्थिक एजेन्डामा साझा आवाज स्थापना गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष्ँ राठीले कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याइएको कोशी पर्यटन वर्ष २०८२ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवद्र्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप मजबुत बनाउन पनि मिशनले सहयोग पु¥याउने बताए ।

‘कोशी कनेक्ट’ व्यावसायिक मिशनले अन्तरजिल्ला व्यापारिक सञ्जाल र साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको प्रवद्र्धन, मेरो देश मेरै उत्पादन अभियान मार्फत स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, बिटुबी प्लेटफर्म मार्फत व्यवसायलाई भर्चुअल रूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको संगठनले जनाएको छ ।

कार्यक्रमअन्तर्गतमाघ २ गते त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाट, ३ गते खोटाङ उद्योग वाणिज्य संघ, ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय उद्योगी व्यवसायीहरूका साथ बिटुबी र सहकार्यका विविध आयामहरुका वारेमा अन्तरक्रिया हुनेछ । व्यासायीक मिशनले कोशी प्रदेशका निजी क्षेत्रको साझा विकास र व्यवसायिक साझेदारीलाई अघि बढाउन सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।