लोड हुँदैछ...

मेनु

सवारी दुर्घटनामा परी झापामा आमा–छोराको मृत्यु

सवारी दुर्घटनामा परी झापामा आमा–छोराको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आमा–छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ । उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ भने पिकअप भेनका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds