लोड हुँदैछ...

मेनु

विशेष महाधिवेशन अब कांग्रेसको बाध्यकारी शर्त : महामन्त्री गगन थापा

विशेष महाधिवेशन अब कांग्रेसको बाध्यकारी शर्त : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुन नसकेकाले अब ‘विशेष महाधिवेशन’ अनिवार्य भएको बताएका छन्। शुक्रवार पार्टी कार्यालय सानेपामा विशेष महाधिवेशनको मागसहितको पत्र बुझ्दै थापाले पार्टी विधान र निर्णयअनुसार अब यसबाट पछि हट्न नमिल्ने स्पष्ट पारेका हुन्।

महामन्त्री थापाका अनुसार मंसिरभित्र हुनुपर्ने १५औँ महाधिवेशन नभएको अवस्थामा पुस मसान्तसम्म विशेष महाधिवेशन सम्पन्न गर्नु पार्टीको बाध्यकारी व्यवस्था हो। विधानको धारा १७ (२) लाई उद्धृत गर्दै उनले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनु ऐच्छिक नभई अनिवार्य हुने उल्लेख गरे।

‘हामी कोही पनि विधानभन्दा माथि छैनौँ। विधान मिच्ने सुविधा कसैलाई छैन,’ थापाले भने, ‘नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अब केन्द्रीय कार्यसमितिको जिम्मेवारी र अनिवार्य शर्त बनेको छ।’

महामन्त्री थापाले विशेष महाधिवेशनले पार्टीका महत्वपूर्ण विषयहरूको छिनोफानो गर्ने भन्दै यस मागलाई केन्द्रीय समितिले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।