लोड हुँदैछ...

मेनु

संसद पुनःस्थापना हुँदैन : प्रचण्ड

संसद पुनःस्थापना हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपाली कांग्रेस र नेकपा (एमाले) पनि चुनावतिरै जाने जिकिर गरे।

‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ, आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्,’ प्रचण्डले भने ।

अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईं सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’

निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो। ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने। उनले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds