लोड हुँदैछ...

मेनु

आकांक्षीको छलफलमा अनुपस्थित भएकी गोल्छा पनि रास्वपाको समानुपातिक सुचीमा

आकांक्षीको छलफलमा अनुपस्थित भएकी गोल्छा पनि रास्वपाको समानुपातिक सुचीमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशबाट ६३ जना उम्मेदवारहरूको नाम समानुपातिक सूचीमा समावेश गरेको छ ।

संविधानसभामा नेकपा एमालेलाई करोडौं रकम बुझाएर सदस्य भएकी विराटनरको औद्योगिक घराना गोल्छा अर्गनाइजेशनकी राज्यलक्ष्मी गोल्छा पनि सुचीमा परेकी छन् ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को समानुपातिक उम्मेदवार बन्न निवेदन दिएकी राजलक्ष्मी गोल्छा सो पार्टीले आयोजना गरेको आकांक्षीहरुको छलफलमा अनुपस्थित भएकी छिन् ।

गोल्छाको नाम रास्वपाको उम्मेदवार आकांक्षी प्रारम्भिक सुचीमा थियो । सो सुचीमा रहेकाहरुलाई पार्टीले छलफल गरेर परिमार्जित सुची प्रकाशित गरेको हो । सुनसरीको इटहरीमा गत शनिबार प्रआयोजित छलफलमा गोल्छा सहभागी भएकी थिइनन् । कोशीमा विपिनकुमार आचार्य, निशा डाँगी, अशोककुमार चौधरी र सरिन तामाङले उम्मेदवारको आकांक्षीसँग छलफल गरेका थिए ।

छलफलमा अनुपस्थित भएपछि गोल्छाको नाम हटेको अनुमान गरिएको थियो । तर, अहिले उनीको नाम सुचीमा राखेकोले उनीको ‘भित्री डिल’ भएको अनुमान गरिएको छ ।

गोल्छालाई कोशी प्रदेशको मधेशी क्लस्टर अन्तर्गत क्रम संख्या १०३ मा राखिएको छ। रास्वपाले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेशबाट विभिन्न क्लस्टरमा उम्मेदवारहरुलाई समावेश गरिएको छ ।

१. खस आर्य क्लस्टर:
बिन्दु सिटौला, डम्बर बहादुर खड्का, दुर्गा प्रसाद न्यौपाने, गीता प्रसाद अधिकारी, हर्क बहादुर कार्की, राम कार्की, रश्मी अधिकारी, रोहित न्यौपाने, समिता आचार्य, शान्ति माया न्यौपाने भट्टराई, शोभा कार्की, सृष्टि भट्टराई, तारा प्रसाद आचार्य, कृष्ण बहादुर निरौला, दिनेश कुमार लम्साल, देव कुमारी भण्डारी, नारायण प्रसाद घिमिरे, बिमला बस्नेत, लीला खड्का, भूपाल भण्डारी, ग्रीष्मा थापा, प्रेम राज ढकाल, निष्मा कोइराला, रमेश प्रसाईं।

२. जनजाति क्लस्टर:
आयुष मानन्धर, अनिता नेपाली, भूपेन्द्र प्रधान, विवेक तामाङ, चन्द्र राई, दोर्जी सुशील शेर्पा, जिनत राई, कृष्ण कुमारी घिमिरे श्रेष्ठ, कुन्दन मुर्मू, लोकेश कुमार माझी, महेन्द्र विक्रम थाम्सुहाङ, मेघना श्रेष्ठ, मिलन लिम्बु, मनोज राजवंशी, सन्तोष मोक्तान, सुदन कुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ, ऋषि धन थुलुङ राई, जोस्ना राजवंशी, सत्यकला राई, अम्बर बहादुर तामाङ, भक्त नारायण श्रेष्ठ, निर्मला खिम्दिङ।

३. मधेशी क्लस्टर:
पवन शाह, सम्झना पण्डित, शरद जोशी, निशा मेहता, डा. अभिजीत गुप्ता, राज्यलक्ष्मी गोल्छा (पिडिएफको क्रम संख्या १०३ मा उल्लेखित)।

४. दलित क्लस्टर:
भीम बहादुर लामजेल, छत्र बहादुर विश्वकर्मा, सीता विश्वकर्मा, प्रकाश चन्द्र परियार (दर्जी), अनिता नेपाली।

५. थारु क्लस्टर:
प्रेमलाल चौधरी।

६. मुस्लिम क्लस्टर:
अख्तर हुसेन।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds