लोड हुँदैछ...

मेनु

श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष डा. मित्र परियार नेकपामा प्रवेश

श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष डा. मित्र परियार नेकपामा प्रवेश

काठमाडौँ। श्रम संस्कृति पार्टीले उपाध्यक्षबाट निलम्बन गरेका डा। मित्र परियार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन्। शुक्रबार बिहान उनी नेकपा प्रवेश गरेका हुन् ।

शनिबार हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को निवासमै पुगेका उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । उनलाई तत्काल केन्द्रीय सदस्य र बाँकी जिम्मेवारी थप छलफलपछि दिइने तयारी रहेको प्रचण्डनिकट एक नेताले जानकारी दिए ।

परियार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष थिए। गत ५ मंसिरमा बुटवलमा आयोजित सभामा पार्टी आचारसंहिता विपरीत अभद्र शैलीमा अभिव्यक्ति दिएको भन्दै अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टी उपाध्यक्षबाट निलम्बन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।