काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घाेषणा गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको आज बसेकाे बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् ।
‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’
यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घाेषणा गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री शर्माले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले अब नयाँ साथीहरूलाई अवसर दिनुपर्ने बताए । बैठकमा उनले भने, ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँछु।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।