लोड हुँदैछ...

मेनु

बालेनसँग भेटपछि कुनै प्रतिक्रिया नदिई लामिछाने हिँडे

बालेनसँग भेटपछि कुनै प्रतिक्रिया नदिई लामिछाने हिँडे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचकोभेटवार्ता सकिएको छ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको दुई नेताबीचको वार्ता सकेर लामिछाने भर्खरै बाहिरिएका हुन्। बालेनले नयाँ दल खोलेर राजनीतिक यात्रा अघि बढाउने गृहकार्य गरिरहेको चर्चाका बीच यी दुई नेताहरूको भेटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

झण्डै दुई घण्टाभन्दा बढी समय भएको उक्त वार्तामा के विषयमा छलफल भयो भन्नेबारे विस्तृत जानकारी बाहिर आउन बाँकी छ। यद्यपि, स्रोतका अनुसार आगामी निर्वाचनमा हुन सक्ने सहकार्य, नयाँ राजनीतिक शक्ति निर्माण र समसामयिक राजनीतिक मुद्दामा केन्द्रित रहेर उनीहरूबीच कुराकानी भएको बुझिएको छ।

मेयर बालेनले पछिल्लो दुई दिनदेखि ज्वागललाई नै आफ्नो ‘राजनीतिक अखडा’बनाएर विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको भेटघाटलाई तीव्र पारेका छन्। आजै बिहान मात्र उनले कुलमान घिसिङसँग पनि संवाद गरेका थिए।

रवि लामिछाने र बालेन शाहबीचको यो भेटले वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण हुन लागेको हो कि भन्ने अड्कलबाजी सुरु भएको छ। भेटपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई लामिछाने त्यहाँबाट निस्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds