विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकमा रहेको कालो धन नियन्त्रणका लागि ठूला दरका नोटहरू बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
काठमाडौमा बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले ५०० र १००० रुपैयाँका नोटहरू खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा आफ्नो धारणा राख्दै विप्लवले वर्तमान आर्थिक संकट र कालो धनको समस्या समाधानका लागि नोटबन्दी नै उत्तम विकल्प भएको बताए। उनले भने, ूकालो धनलाई सेतो बनाउने र जनताको बीचमा स्वीकृत हुने गरी ल्याउने हो भने ५०० र १००० का नोटमा प्रतिबन्ध लगाउनुपर्छ। त्यसको सट्टा बजारमा २०० र ४०० का नयाँ नोटहरू प्रचलनमा ल्याउन सकिन्छ।ू
विप्लवले आवश्यकता अनुसार २००० दरका नोटबारे पनि सोच्न सकिने संकेत गर्दै मुद्रा प्रणालीमा व्यापक फेरबदलको आवश्यकता औंल्याए।
नोटबन्दीसँगै विप्लवले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि कडा कदम चाल्नुपर्ने बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि एक उच्चस्तरीय छानबिन आयोगु गठन गर्न माग गरे
‘भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्छ र त्यसले गरेका सिफारिसका आधारमा फैसला गर्न उच्चस्तरीय न्यायालयको व्यवस्था हुनुपर्छ,’ उनले भने। दोषीलाई उन्मुक्ति नहुने गरी कानुनी संयन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड थियो।
काठमाडौमा जारी माओवादीको यो केन्द्रीय समिति बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। विप्लवको यो पछिल्लो प्रस्तावलाई आर्थिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।