लोड हुँदैछ...

मेनु

मोरङका ६ क्षेत्रबाट नेकपाका ८० जना उम्मेदवार सिफारिस (नामसहित)

मोरङका ६ क्षेत्रबाट नेकपाका ८० जना उम्मेदवार सिफारिस (नामसहित)

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले मोरङका ६ वटै क्षेत्रबाट उम्मेदवारहरूको नाम जिल्लालाई सिफारिस गरेको छ ।

पार्टीले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि पनि गरी कुल ८० जनाको नाम सिफारिस गरेको हो ।

यस पटकको सिफारिसमा पार्टीले युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै तीन जना ‘जेनजी’ लाई पनि समेटेको छ भने अमनलाल मोदीको नाम दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ । यस्तै मोदीको क्षेत्र नं. ४ बाट र शिवकुमार मण्डलको क्षेत्र नं. ५ बाट प्रत्यक्षमा एकल सिफारिस भएको छ ।

नेकपा नेता कुलप्रसाद साम्बाका अनुसार प्रत्यक्षतर्फ कुल ३५ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । जसमा क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ९ जनाको नाम छ । क्षेत्र नम्बर २ बाट ८ जना र क्षेत्र नम्बर ३ बाट ६ जनाको नाम पठाइएको छ । क्षेत्र नम्बर ६ बाट १० जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

प्रत्यक्षतर्फको सिफारिसमा पूर्वमन्त्री मोदीको नाम क्षेत्र नं. ४ र ५ दुबै क्षेत्रमा छ । मोदीलाई क्षेत्र नम्बर ४ मा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ६ मा पनि अन्य चार जनासँगै उनको नाम समावेश गरिएको छ । मोदी यसअघि क्षेत्र नम्बर ४ बाट दुई पटक विजयी भएका निवर्तमान सांसद हुन् ।

समावेशी र युवा प्रतिनिधित्वलाई जोड दिने उद्देश्यले यस पटक पार्टीले चार जना ‘जेनजी’ उम्मेदवारहरूलाई प्रत्यक्षतर्फको सिफारिसमा पारेको छ । जसमा क्षेत्र नम्बर १ बाट कोशिस सुवेदी, क्षेत्र नम्बर २ बाट निर्मल भण्डारी, क्षेत्र नम्बर ३ बाट सन्तोष लिम्बू र क्षेत्र नं. ६ बाट अंकिता आले छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले कुल ४५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रगत आधारमा हेर्दा समानुपातिकतर्फ क्षेत्र नम्बर ६ बाट ११ तथा २ र ४ बाट १०–१० जनाको नाम छ । क्षेत्र नम्बर ३ बाट ७ जना, क्षेत्र नम्बर १ बाट ६ जनाको नाम समानुपातिक सूचीमा परेको छ । क्षेत्र नम्बर ५ बाट भने भोगेन्द्र यादवलाई मात्र समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

क्षेत्रबाट सिफारिस भएका नामहरुमा प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशीश सुवेदी (जेनजी), कल्पना राई, विसेन्द्र चेम्जाेङ, नगेन्द्र धिमाल, गजेन्द्र दंगाल, दिपक आले मगर छन् । सो क्षेत्रबाट समानुपातिकतर्फ प्रेम मिभक, बलबहादुर घिसिङ, ममता राजवंशी, प्रेम लावती, मानबहादुर श्रेष्ठ र विशेष परियारको नाम जिल्लामा पठाइएको छ । सो क्षेत्रबाट राष्ट्रिय सभाको लागि यामबहादुर गजमेर, रामबहादुर कार्की र निर्मला रसाइलीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल मण्डारी (जेनजी) को नाम सिफारिसमा परेको छ । सो क्षेत्रबाट समानुपातिकमा तारा ओझा राजवंशी, खुल्लु राजवंशी, गोवर्धन मुडियारी, रक्कीकुमारी माभी, शिव मुर्मु, मनिषकुमार मण्डल, शिवनारायण राजवंशी, मो. अजिमोद्दिन, अर्जुन यादव र जिनादेवी राजवंशीको नाम छ ।

क्षेत्र नं. ३ बाट प्रत्यक्षमा सावित्री काफ्ले, देउमान सुव्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी) र चन्द्रकला सुव्बाको नाम छ । सो क्षेत्रबाट समानुपातिकमा अमृत सुव्बा, लिला कटवाल (रञ्जु), सुशिला घिमिरे (सामना), कञ्चन कुलुङ, मानप्रसाद लिम्बू, सीमा चौधरी र अरुण सुन्दास सिफारिसमा परेका छन् ।

क्षेत्र नं. ४ बाट प्रत्यक्षमा अमनलाल मोदीको मात्र नाम छ भने समानुपातिकामा डा.मेदनी सेडाई, पक्कुलाल थारु, राधाकृष्ण पोखरेल, अञ्जना पोखरेल, सूर्यनारायण मुडवरी, प्रमिला कुमारी खाँ, पञ्चु पासवान, लक्ष्मी राजवंशी, स्मृति तिम्सिना(जेनज) र रञ्जित सरदारको नाम छ । क्षेत्र नंं. ५ बाट प्रत्यक्षमा शिवकुमार मण्डलको एकल र समानुपातिकमा पनि भोगेन्द्र यादवको मात्र नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. ६ बाट प्रत्यक्षमा अमनलाल मोदी, जीवन आचार्य, वसिम आलम, ओपेन्द्र राय, विनाेद घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो.आलम प्रवेज, अंकिता आले (जेनजी) र साइमन रेग्मी रहेका छन् । सो क्षेत्रबाट समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा सुशीला घिमिरे (सामना), सीता कडरिया, लक्ष्मी न्यौपाने (लता), तबसुम सिद्दिकी (मुस्लिम महिला), सुनिता चौधरी, म. कासीम मिया (मुस्लिम), पार्वती घिमिरे, कपिल सुनुवार (दलित), नौसाद प्रवेज (मुस्लिम), तुलसी सापकोटा, र गोविन्द उराव (अल्पसंख्यक आदिवासी) रहेका छन् ।

नेकपा केन्द्रीय समितिले एक महिला र एक जेनजीसहित प्रत्येक क्षेत्रबाट पाँच जनाको नाम पुस ११ गतेभित्र सिफारिस गर्न भनेको छ । क्षेत्रबाट आएका नामलाई मापदण्ड अनुसार भए नभएको चेकजाँच र आवश्यक परिमार्जनसहित केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds