विराटनगर । मोरङको दुई निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई नेतालाई आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारको लागि एकल नाम सिफारिस गरेको छ ।
केन्द्रीय समितिले एक महिला र एक जेनजीसहित पाँच जनाको नाम फिारिस गर्न भनेकोमा क्षेत्र नं. ४ र ५ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा एकल उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्र नं. ४ बाट अमनलाल मोदी र क्षेत्र नं. ५ बाट शिवकुमार मण्डलको नाम सिफारिस भएको छ । पूर्व सामान्यप्रशासन मन्त्री मोदी सोही क्षेत्रका निवर्तमान सांसद हुन् । यस्तै अन्तरिम विधायक र संविधानसभा सदस्य आपूर्ती मन्त्री रहिसकेका मण्डल गत निर्वाचनमा ५ नं. क्षेत्रबाट पराजित भएका थिए । मोदी यसअघि तीन कार्यकाल सांसद रहिसेकका छन् भने मण्डल अन्तरिम बिधायकसहित चार कार्यकाल जनप्रतिनिधि भइसकेका छन् ।
दुई क्षेत्रबाट प्रत्यक्षमा एकल उम्मेदवारको नाम सिफारिस भएको भएपनि समानुपातिकतर्फ अन्यको नाम पनि सिफारिस भएको छ । नेकपाले उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला समितिलाई पुस ११ गतेसम्मको समय दिएको छ । क्षेत्रबाट प्राप्त नाम मापदण्ड अनुसार भए नभएको चेकजाँच गरेर जिल्लाले फाइनल सिफारिस गर्ने पार्टीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।