लोड हुँदैछ...

मेनु

मानवअधिकार आयोगद्वारा बालेन शाहसँग सोधपुछ

मानवअधिकार आयोगद्वारा बालेन शाहसँग सोधपुछ

काठमाडौं । गएको भदौ २३ र २४ गतेको घटना बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग राष्ट्रिय मानव अधिकार आयोगले सोधपुछ गरेको छ ।

जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले उनीसँग बयान लिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान गरिरहेको र त्यसक्रममा कतिपय व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिएको बताए । उनले सोमबारकै बयान र व्यक्तिको बारेमा भने आफूलाई यकिन नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds