लोड हुँदैछ...

मेनु

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छ: राई

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छ: राई

विराटनगर । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व मुख्यमन्त्री समेत रहेका राईले यस्तो बताएका हुन् ।

राईले सत्ता साझेदार दलहरूबीच यसअघि भएको सहमतिअनुसार नै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार तोकिएको समयमा प्रदेश सरकारको नेतृत्व समेत परिवर्तन हुने बताए ।

राईले वर्तमान संघीय सरकारको कार्यशैलीप्रति कडा आलोचना गरे । उनले संघीय सरकार निर्वाचन गराउनेतर्फ केन्द्रित हुनुभन्दा पनि राजनीतिक दलहरूबीच द्वन्द्व बढाउन लागिपरेको आरोप लगाए । यद्यपि, मुलुक निर्वाचनको दिशामा अघि बढेमा नेकपा एमाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो ।

राजनीतिक निकासका बारेमा चर्चा गर्दै राईले संविधानलाई सही बाटो (ट्र्याकमा) ल्याउनका लागि केही महत्त्वपूर्ण कदमहरू चाल्नुपर्ने धारणा राखे । उनले संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकारको गठन र संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताए । यी प्रक्रियाहरू पूरा भएपछि मात्रै मुलुकमा राजनीतिक स्थिरता आउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds