झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको छ । शनिबार बसेको क्षेत्रीय समितिको विस्तारित बैठकले उनको नाम एकल रूपमा सिफारिस गरेको हो ।
राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाले लिङ्देनको नाम सिफारिस भएको पुष्टि गर्दै अन्य क्षेत्रमा पनि उम्मेदवार तय गर्ने काम सुरु भएको बताए । उनले आगामी पुस १२ गतेसम्म जिल्लाका पाँच वटै क्षेत्रीय समितिलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको जानकारी दिए । अध्यक्ष लिङ्देन यसअघि नेकपा (एमाले) सँगको गठबन्धनबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।