लोड हुँदैछ...

मेनु

रतुवामाईमा नेकपाको नगर कमिटी घोषणा, संयोजकमा टुकबहादुर कार्की

रतुवामाईमा नेकपाको नगर कमिटी घोषणा, संयोजकमा टुकबहादुर कार्की

विराटनगर ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मोरङको रतुवामाई नगरपालिकामा आफ्नो नगर कमिटी घोषणा गरेको छ। कोशी प्रदेशमै पहिलो पटक स्थानीय तहमा यसरी पार्टीको कमिटी घोषणा गरिएको हो।

भेलाले टुकबहादुर कार्कीको संयोजकत्वमा ७९ सदस्यीय नगर कमिटी गठन गरेको छ। नवगठित कमिटीको संयोजक साविक नेकपा (माओवादी केन्द्र) ले पाएको छ भने सह–संयोजकको जिम्मेवारी नेकपा(एकीकृत समाजवादी) का नगर अध्यक्ष शिवनारायण राजवंशीले पाएका छन् ।

पार्टी एकता प्रक्रिया अन्तर्गत साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (अशोक राई समूह) बाट आएका कार्यकर्ताहरूको भेलाले संयुक्त रूपमा यो कमिटी निर्माण गरेको बताइएको छ। तीनवटै पार्टीका कार्यकर्ताहरूलाई समेटेर ७९ सदस्यीय कमिटी बनाइएको हो ।

नगर कमिटी घोषणा कार्यक्रममा सावित्राकुमार काफ्ले, गणेश उप्रेती, विजय विश्वास, चन्द्रवीर राई, बलबहादुर घिसिङ, प्रकाश पौडेल तथा सुमन कालिकोटे लगायतका नेताको उपस्थिति रहेको थियो। स्थानीय स्तरको सरसल्लाह र सहमतिका आधारमा प्रदेशमै पहिलो पटक रतुवामाईमा नगर कमिटी घोषणा गरिएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds