लोड हुँदैछ...

मेनु

विराटनगरबाट अभिषेक गिरी पक्राउ

विराटनगरबाट अभिषेक गिरी पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ ।

गुण्डागर्दी पृष्ठभूमिका काँग्रेस नेता गिरीकाे घरमा शनिबार बिहान प्रहरीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हाे ।

मोरङ प्रहरी स्रोतका अनुसार, गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा यो सर्च अपरेसन चलाइएको थियो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेपछि उनलाई नियन्त्रमा लिएको हो ।

प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेकाे आशंकामा प्रहरीले छापा मारेको बताउँदै थप अध्ययन भइरहेको जानकारी दिए ।

गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक-पटक विवाद गरेका थिए ।
कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसकाे राजनीतिमा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।