लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : कोशीबाट ३ प्रदेश सांसद केन्द्रीय सदस्यमा विजयी, मन्त्री र प्रमुख सचेतक पराजित

एमाले महाधिवेशन : कोशीबाट ३ प्रदेश सांसद केन्द्रीय सदस्यमा विजयी, मन्त्री र प्रमुख सचेतक पराजित


विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत कोशी प्रदेशको भूगोल क्लस्टरबाट भएको निर्वाचनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय नेतृत्वका लागि भएको यो

प्रतिस्पर्धामा प्रदेशका बहालवाला मन्त्री र संसदीय दलका प्रमुख सचेतकसहित अन्य सांसदहरू भने पराजित भएका छन् ।
कोशी प्रदेशको भूगोल क्लस्टरबाट भएको निर्वाचनमा प्रदेश सांसदहरू तिलकुमार मेयाङवो, चिन्तन पाठक र होमबहादुर थापा फराकिलो मतान्तरसहित केन्द्रीय सदस्यमा विजयी भएका हुन । विजयी हुनेहरूमा ताप्लेजुङबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री तिलकुमार मेयाङवोले सर्वाधिक १३२४ मत प्राप्त गरे । त्यस्तै, अर्का प्रदेश सांसद चिन्तन पाठकले १२५१ मत र सांसद होमबहादुर थापाले ११७९ मत ल्याएर केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका छन् । पाठक र थापा केपी ओलीकै गृह जिल्ला झापाका हुन् ।

बहालवाला मन्त्री र मुख्य सचेतक भने महाधिवेशन प्रतिनिधिहरूको रोजाइमा पर्न सकेनन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी ६२९ मत मात्र प्राप्त गरी पराजित भए । त्यसैगरी, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुर लिङथेप पनि पराजित भएका छन् । लिङथेपले जम्मा ४४३ मत प्राप्त गरे ।

केन्द्रीय सदस्यको दौडमा रहेका कोशी प्रदेशका अन्य सांसदहरू बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारी पनि पराजित भएका छन्। सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले ५८१ मत र मोरङका सांसद लिलाबल्लभ अधिकारीले ५४७ मत प्राप्त गरे । यस्तै, निरादेवी खनालले ७८७ मत प्राप्त गरे पनि उनी निर्वाचित हुन सकिनन् । बुद्धिकुमार, लिलाबल्लभ र निरादेवि लिङथेप भने इश्वर पोख्रेल पक्षका हुन् । रोचक कुरा त के छ भने उपाध्यक्ष पदमा पराजय भोगेका भीमप्रसाद आचार्य र खनाल श्रीमान श्रीमति हुन् । आचार्यले २६५ मत पाएका थिए । श्रीमतीलाई इश्र पोख्रेल पक्षले प्यानलमा राखेपनि आचार्यलाई भने दुबै सहुले राखेको थिएन् । उनले स्वतन्त्र उम्मेदारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds