लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : कोशीका कानूनमन्त्री पराजित

एमाले महाधिवेशन : कोशीका कानूनमन्त्री पराजित

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्री निर्वाचित भन्दा कानूनमन्त्री पराजित बनेका छन् ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की केन्द्रीय पदाधिकारी (सचिव)मा निर्वाचित हुँदा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी पराजित बनेका हुन्

मुख्यमन्त्री कार्कीले केन्द्रीय सचिव पदमा जित हासिल गर्दै पार्टीको माथिल्लो तहमा स्थान सुरक्षित गरेका छन् ।

तर, उनकै क्याबिनेटका सदस्य एवं प्रदेश सरकारका प्रवक्ता समेत रहेका कानूनमन्त्री भण्डारीले चुनावमा पराजय व्यहोर्नु परेको छ ।

मन्त्री भण्डारीले ६२९ मत मात्रै प्राप्त गरेका छन् ।

दुवै जना अध्यक्षमा निर्वाचित केपी शर्मा ओली निकटका मानिन्छन् । तर भण्डारी ओली प्यानलमा परेका थिएनन् । भण्डारी यस अगाडि सुनसरीका अध्यक्ष थिए ।उनी मुख्यमन्त्री कार्कीका विश्वास पात्र समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds