लोड हुँदैछ...

मेनु

अविनाश थापा र सौगात जंग थापाको सिर्जना ‘परान’ सार्वजनिक (भिडियो)

अविनाश थापा र सौगात जंग थापाको सिर्जना ‘परान’ सार्वजनिक (भिडियो)

काठमाडौँ । रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ ।

गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् । गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन जस बहादुर याक्खा (जसु)को निर्देशन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। एन जेड शालु र मुकेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।