लोड हुँदैछ...

मेनु

संघीय सभामुख घिमिरे कोशी प्रदेशसभाको निरीक्षणमा आउँदै

संघीय सभामुख घिमिरे कोशी प्रदेशसभाको निरीक्षणमा आउँदै

विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षणको लागि आज विराटनगर आउने भएका छन् ।

जेनजी आन्दोलनमा विराटनगरको कार्यालय जलेपछि प्रदेशसभा सचिवालय कटहरीस्थित तरकारी बजारबाट सञ्चालनमा छ । नयाँ कार्यालय निरीक्षण र प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न घिमिरे विराटनगर आउन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनामा सभामुख घिमिरे सोमबार दिउँसो साढे ३ बजे विमानमार्फत विराटनगर ओर्लिनेछन् । सभामुखले सोमबारै कोशी प्रदेश सभा कार्यालयको स्थल निरीक्षण गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा सभामुखले प्रदेशसभा भवन, सचिवालयको संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उनी मंगलवार बिहान काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।