लोड हुँदैछ...

मेनु

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुल्यो,

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुल्यो,

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरेपछि अहिले सर्वसाधारणका लागि बिक्री खुलाएको हो।

कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी यसअघि नै बाँडफाँट भइसकेको छ।

यसका साथै कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट गरिसकेको छ। अहिले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।

इच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन प्रक्रिया छिटोमा असार ८ गते बन्द हुनेछ भने ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।