लोड हुँदैछ...

मेनु

सुनसरीको बराहक्षेत्रस्थित जंगलबाट ४३० किलो गाँजा बरामद

सुनसरीको बराहक्षेत्रस्थित जंगलबाट ४३० किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले ४ सय ३० किलो गाँजा बरामद गरेको छ।

बेवारिसे अवस्थामा फेला परेको गाँजासँगै एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो। बरामद गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

गाँजा कसले, कहाँबाट र कुन उद्देश्यले ल्याएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजीसमेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।