विराटनगर । प्रहरीले झापा र मोरङबाट लागु पदार्थ ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित दमक नगरपालिका ५ का राजु श्रेष्ठलाई पक्राउ गरेको छ ।

यस्तै लागुऔषध ब्युरो विराटनगरले को ४ प ७४२ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा– १० का २८ वर्षे सुशान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा– ९ का ३८ वर्षे चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर–१६ बाट बिहीबार पक्राउ गरेको जनाएको छ ।

त्यस्तै झापाको भद्रपुरबाट प्रहरीले भद्रपुर– ४ का ३० वर्षे पुरण विश्वकर्मा र मेचीनगर–३ का ३० वर्षे प्रशान्त सेन्चुरीलाईलाई पक्राउ गरेको जनाएको छ । विश्वकर्माको साथबाट २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर र सेन्चुरीको साथबाट प्रतिबन्धित लागुऔषध लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ ।