लोड हुँदैछ...

मेनु

श्रीमतीमाथि रड प्रहारपछि तीन तलाबाट हाम्फालेका वृद्धको मृत्यु

श्रीमतीमाथि रड प्रहारपछि तीन तलाबाट हाम्फालेका वृद्धको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा श्रीमतीमाथि फलामको रडले प्रहार गरेपछि घरको तेस्रो तलाबाट हाम्फालेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेका थिए। रड प्रहारबाट गंगामुनीको पेटमा चोट लागेको थियो।

घटनापछि घाइते गंगामुनीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यसपछि उनले माथिबाट हाम्फाल्दा टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा शुक्रबार साँझ ६ः४५ बजे घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।