विराटनगर । आज सुन प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ
सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो ।
त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।