विराटनगर । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको जहदा गाउँपालिका–४, रामचोकबाट तीन जनालाई पक्राउ गरेको छ।
जहदाको लोहन्द्रा खोला किनार नजिकैको बाँसघारीमा कौडा खेलिरहेका धनपालथान गाउँपालिका(३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसहित तीन जनालाई बिहीबार राति पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४८ हजार ६ सय १५ रुपैयाँ नगद र १४ थान कौडासहित नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।