‘लोकतन्त्रको जननी नै माओवादी हो’

 विमल लामिछाने

लोकतन्त्र भन्नाले केवल मतदान प्रणाली वा सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन । त्यो त जनताको सार्वभौमसत्ता, पहिचान, समानता, न्याय र सहभागिताको समुच्च स्वरुप हो ।

नेपालको सन्दर्भमा आधुनिक लोकतन्त्रको बिजारोपण र संस्थागत विकासको प्रक्रिया केवल २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सीमित छैन । वास्तवमा, नेपालमा संरचनागत परिवर्तनसहितको लोकतन्त्रको आधारशिला राख्ने ऐतिहासिक दायित्व माओवादी केन्द्रले बहन ग¥यो । त्यसैले माओवादी केन्द्रलाई नेपालको लोकतन्त्रको “जननी” भन्नु केवल भावनात्मक घोषणा होइन, ऐतिहासिक यथार्थ, वैचारिक औचित्य र राजनीतिक योगदानको समग्र मूल्याङ्कन हो ।

१. माओवादी आन्दोलनको उदय :

पुरानोको ध्वंस र नयाँको निर्माणको संकल्प सहित माओवादी आन्दोलनको उदय भएको हो । २०४६ सालको परिवर्तनपछि स्थापित संसदीय व्यवस्थाले जनताको आधारभूत मागहरू—जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशी प्रतिनिधित्व र स्थानीय शासनप्रति गम्भिर उत्तरदायित्व जनाएन । सत्ता केन्द्रिकृत, भ्रष्ट र उच्च वर्गकेन्द्रित भयो । यस व्यवस्थाको असफलताले वैकल्पिक राजनीतिक मार्गको आवश्यकता जन्मायो, जसको फलस्वरूप २०५२ सालमा माओवादी नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भयो । यो आन्दोलन केवल हिंसात्मक विद्रोह थिएन; यो त वर्गीय, जातीय, लैंगिक र क्षेत्रीय अन्यायविरुद्धको जनताको विद्रोह थियो, जसले गहिरो राजनीतिक चेतना र संरचनागत परिवर्तनको माग बोकेको थियो ।

२. संघीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण :

माओवादी केन्द्रले नेपाललाई एकात्मक, राजा–केन्द्रित, केन्द्रीकृत राज्यबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्ने ऐतिहासिक नक्सा को¥यो । २०६२-०६३ को जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्दै माओवादी केन्द्रले राजा गुमाउने र जनतालाई सत्ताको केन्द्रमा ल्याउने प्रक्रिया अघि बढायो । यो अभियानमा अरु दलहरु विशेषत नेपाली काँग्रस र एमाले बाद्य भएर साथ दिन पुने । यदि उनीहरुसँग अरु विकल्प थियो भने यो परिस्थिति नहुन पनि सक्थ्यो । २०६३ मा भएको सम्झौता र अन्तरिम संविधान, अनि २०७२ सालको संविधान निर्माण—यी सबै प्रक्रियामा माओवादी केन्द्रको नेतृत्व, दृष्टिकोण र दबाब निर्णायक रहेको यथार्थ कसैले चाहेर पनि छिपाउन सक्दैन । संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक मुद्दाहरू माओवादीको दीर्घकालीन वैचारिक संकल्पको संस्थागत रूप हुन् ।

३. धर्मनिरपेक्षता र बहुसांस्कृतिक राष्ट्र निर्माण :

नेपाल हजारौँ जातजाति, धर्म र संस्कृतिको साझा थलो हो । तर, राज्य भने एकल धार्मिक पहिचान (हिन्दू राष्ट्र) मा केन्द्रित थियो । माओवादी केन्द्रले नै पहिलो पटक संस्थागत रूपमा धर्मनिरपेक्षताको नारा उठाएर धर्म र राज्यको सम्बन्ध टुंग्याउने साहसी पहल ग¥यो । यो लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण उपलब्धी हो ।आजको संविधानले राज्यलाई कुनै धर्मसँग सम्बन्ध नराख्ने, सबै धर्मप्रति समान व्यवहार गर्ने र धार्मिक स्वतन्त्रतालाई मौलिक हकका रूपमा स्वीकार गरेको छ । यसको ऐतिहासिक श्रेय माओवादी आन्दोलनको वैचारिक प्रतिबद्धतालाई जान्छ ।

४. जातीय, वर्गीय र लैंगिक समानताका पक्षमा संघर्ष :

राज्यको मूल संरचना उच्च जाति, पुरुषप्रधान र उच्च वर्गप्रति केन्द्रित थियो । माओवादी आन्दोलनले दलित, महिला, जनजाति, मधेसी, थारू र अन्य सीमान्तकृत समुदायलाई राजनीतिक केन्द्रमा पहुँच राख्ने अवस्थामा लग्यो । जनयुद्धमा ४० प्रतिशत भन्दा बढी महिलाहरूको सहभागिता, दलितहरूको सैन्य र राजनीतिक तहमा अग्रसरता र पहुँच, जनजातिहरूको नेतृत्वमा सशक्तिकरण र संघीय तथा प्रादेशिक संरचनामा प्राधिकार—यी सबै माओवादी आन्दोलनका ऐतिहासिक उपलब्धीहरू हुन् ।
आज संविधानमा भएको समावेशी प्रतिनिधित्व, समान अवसर र आरक्षण नीति माओवादी आन्दोलनको वैचारिक गहिराइ र व्यवहारिक उपलब्धिको मूर्त प्रतिबिम्ब हुन् भन्न कुनै इमान्दार नागरिकले हिचकिचाउनु पर्दैन ।

५. लोकतन्त्रलाई व्यवहारिक बनाउने क्रान्तिकारी चेतना :

माओवादी केन्द्रले लोकतन्त्रलाई केवल शासकीय पद्धति होइन, जीवन पद्धति बनाउने प्रयास ग¥यो । जनसत्ता, समान विकास, भूमि सुधार, उत्पादनमूलक अर्थतन्त्र, स्थानीय स्वशासन, र संस्कृतिक स्वतन्त्रता जस्ता एजेन्डाले लोकतन्त्रलाई आम जनताको जीवनसँग जोड्यो । यस अर्थमा माओवादी केन्द्रले लोकतन्त्रलाई वर्गीय, सांस्कृतिक, क्षेत्रीय र लिङ्गीय दृष्टिबाट अर्थपूर्ण तुल्यायो ।

निष्कर्ष :

लोकतन्त्रको जननीको रुपमा माओवादी केन्द्रको ऐतिहासिक पहिचान रहेको आम जनताले बुझेका छन् । नेपालमा आज अस्तित्वमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको जरा माओवादीले सञ्चालन गरेको ससस्त्र जनयुद्ध र माओवादीकै नेतृत्वमा भएको आन्दोलनले रोपेको हो । लोकतन्त्रलाई औपचारिकता र प्रक्रिया पार गरेर सामाजिक न्याय, पहिचानको सम्मान र समावेशी शासनप्रणालीमा रूपान्तरण गर्ने ऐतिहासिक दायित्व माओवादी केन्द्रले बहन गरेको छ ।

त्यसैले माओवादी केन्द्रलाई नेपालको लोकतन्त्रको “जननी” भन्नु भावनात्मक समर्थन होइन, ऐतिहासिक सत्य, राजनीतिक तथ्य र वैचारिक औचित्यमा आधारित निष्कर्ष हो । यसले आमूल रूपान्तरणमार्फत लोकतन्त्रलाई केवल चुनावी प्रक्रियामा होइन, जनताको जीवनमा संस्थागत ग¥यो, यही नै लोकतन्त्रको सार हो ।

Supported only between 1944-2022