भानु जयन्तीमा कविता प्रतियोगिता

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरस्थित एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका थिए । कलेजका शिक्षक खम्बसिंह नेपाल र प्रतिमा कार्कीको निर्णायक समितिले प्रतियोगितामा प्रतिस्पर्धीहरुमध्येबाट विजेताको नाम घोषणा गरेको थियो । कार्यक्रमको उद्घाटन साहित्यकार मिनकुमार नवोदितले गरेका थिए ।

कलेजका प्राचार्य टीकाराम पुरीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै एभरेष्ट कलेजले पनि भानुभक्तको स्मृतिमा हरेक वर्ष साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । उनले घाँसीको प्रेरणाले आदिकवि भएका भानुभक्तले नेपाली साहित्यलाई रामायण, बधुशिक्षा, प्रश्नोत्तरलगायतका कृति दिएको चर्चा गरे ।

कलेजले पठनपाठनसँगै विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको उनको भनाइ थियो । कार्यक्रममा सहायक प्राचार्य टीएन भण्डारी, शिक्षक खम्बसिंह नेपाललगायतले पनि भानुभक्त आचार्यको योगदानको चर्चा गरे । विजेता विद्यार्थीलाई कलेजले विशेष समारोहमा नगद र प्रमाणपत्रसहित पुस्कृत गर्ने जनाएको छ ।

आइतबार, २९ असार, २०८२, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर