झापाबाट ७१ फरार प्रतिवादी पक्राउ

विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो १ महिनाको अवधिमा ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न अपराधमा संलग्न भएकाहरु अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए ।

अदालतले तोकेको कैद तथा जरिबाना छलेर भागिरहेकालाई खोजतलास गरेर पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

खड्काका अनुसार फागुन महिनामा ७१ जना प्रतिवादीलाई पक्राउ गरिएको हो । प्रतिवादी पक्राउ गर्दा ३२ वर्ष ११ महिना २१ दिन कैद र ३३ लाख १५ हजार ७ सय ७ रूपैयाँ जरिबाना असुल भएको जानकारी उनले दिए ।

फरार प्रतिवादी पक्राउका लागि झापामा प्रहरीले विशेष अभियान चलाएको छ । पछिल्लो समय फरार प्रतिवादी खोजतलास र पक्राउलाई तीव्र पारिएको जानकारी डीएसपी खड्काले दिए ।

प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिबाना तोकिएकालाई त्यसबापतको रकम असुल गरेर छाड्ने गरेको छ ।

आइतबार, ०२ चैत, २०८१, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर