विराटनगर । सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गतको विराटनगर ४ कन्चनबारी पश्चिम क्षेत्रको नहरमा एक हप्तादेखि फोहरको डङ्गुर थुप्रिएको छ। यो अव्यवस्थित फोहोर व्यवस्थापनले वरपरका क्षेत्रमा असह्य दुर्गन्ध फैलिएको छ, जसले स्थानीयवासीहरू दैनिक रूपमा प्रभावित भइरहेका छन्।
महानगरपालिकाको ध्यान अन्यत्र भएको प्रतित हुन्छ१ नागरिकको स्वास्थ्य र सरसफाईको जिम्मेवारी बोकेको निकायले आफ्नो क्षेत्रको यस्तो दयनीय अवस्थालाई बेवास्ता गर्नु आश्चर्यजनक छ। स्वच्छ वातावरण नागरिकको अधिकार हो, तर महानगरपालिकाले यसमा चरम लापरवाही देखाएको छ।

फोहोरको उचित व्यवस्थापन नगर्ने हो भने यसले ठूलो जनस्वास्थ्य समस्या निम्त्याउन सक्छ। झाडापखाला, हैजा जस्ता रोगहरू फैलिने जोखिम बढ्नुका साथै वातावरणीय प्रदूषण बढेर जानेछ।
महानगरपालिकाले तत्काल यस समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता छ र भविष्यमा यस्ता समस्याहरू नदोहोरिने सुनिश्चित गर्न ठोस कार्ययोजना बनाउनुपर्छ ।


